Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आमासँग अनैतिक सम्बन्ध राख्‍नेलाई छोराले हत्या गरे

परासी: नवलपरासीको सुनवलका हेमराज थारुले आमासँग अनैतिक सम्बन्ध राखेको आरोपमा एकजनालाई हत्या गरेका छन्।

हत्या भएको नौ घन्टाभित्र प्रहरीले अभियुक्‍तलाई पक्राउ गर्न सफल भएको छ। हेमराजले आमासँग अनैतिक सम्बन्ध राख्ने शिवपुजन थारुलाई कोदालोको प्रयोग गरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीसँगको बयानमा हेमराजले आफ्नै आँखासामुन्ने आमासँग पटकपटक अनैतिक सम्बन्ध राखेका देखेपछि सहन नसकेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश दाहाल र प्रहरी निरीक्षक शम्भुप्रसाद सिटौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूचनाको आधारमा अभियुक्त थारुलाई घटना घटेको नौ घन्टाभित्रै विभिन्न प्रमाणसहित पक्राउ गरेको प्रहरी उपरीक्षक नवलप्रसाद उपाध्यायले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

पत्रकार सम्मेलनमा सो घटनामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी जवान वीरेन्द्र निसादलाई नगदसहित पुरस्कृत गरिएको समाचार अन्नपूर्णपोष्टले प्रकाशित गरेको छ।





Comments

comments

Leave a Reply

7345