Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कार्यकर्तालाई १५ करोड बाँडेका मन्त्रीले आफ्नालागि कति कुम्ल्याएका होलान्?

काठमाडौं – भूकम्पपीडिहरुले राहत नपाएर छट्टिरहेका बेला शहरी विकासमन्त्री नारायण खड्काले राज्य कोषबाट १५ करोड ५० लाख रुपैयाँ कार्याकर्तालाई बाँडेको रहस्य खुलेको छ।

भूकम्प गएलगत्तै त्रिपाल खरिद गर्ने क्रममा विवादमा तानिएका मन्त्री खड्काले पार्टीको आगामी महाधिवेशनमा कार्यकर्तालाई आफ्नो पक्षमा तान्नका लागि राज्य कोषबाट पैसा बाँडेको रहस्य खुलेको छ।

मन्त्री खड्काले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विशेष भौतिक पूर्वाधार तथा पूर्वधार क्षेत्र विकास आयोजनामार्फत् १ हजार ५ सय ५० वटा योजनामार्फत पैसा बाँडेको मन्त्रालय स्रोतले बतायो। अझ रोचक त के छ भने ती सबै योजनाका लागि प्रत्येकलाई १–१ लाख रुपैयाँ बिनियोजन गरिएको खबर समाचारपत्र दैनिकले छापेको छ।

शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीको मिलेमतोमा मन्त्री खड्काले राज्यकोषको रकम कार्यकर्तालाई बाँडेको स्रोतको दाबी छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

7450