Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पिताले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु

शारजहा-संयुक्त अरब इमिरेट्स (युएइ)मा एक पिताले आफ्नो ४ वर्षे छोरोलाई कारमा राखेर बिर्सिए।

कारको पछाडिको सिटमा सिटबेल्टमा कसिएका उनको गर्मी तथा श्वास फेर्न गाह्रो भएपछि निधन भयो। शारजहास्थित एउटा पार्किङ क्षेत्रमा छोरोलाई ३ घन्टासम्म कारभित्र छोड्दा शुक्रबार यमनी पिताले आफ्नो छोरो गुमाएका हुन्। नागरिक दैनिकमा समाचार छ।

कारभित्र अस्वभाविक अवस्थामा पाउना साथ ती बालकलाई तत्कालै खेजामीस्थित अल कासिमी अस्पताल पुर्याइएको थियो। अस्पताल चिकित्सकले बच्चाको यसअघि नै मृत्यु भइसकेको बताए।

कार पार्किङ गरिएको शारजहाको रस अल खामिया क्षेत्रमा त्यतिबेलाको तापक्रम ४३ डिग्री सेल्यिसेस पुगेको थियो। प्रहरीलाई उदृत गर्दै गल्फन्युज अनलाइनले बच्चाको मृत्यु कारभित्रै भएको जनाएको छ।

शारजहा प्रहरीले चलिरहेको गाडी इन्जिनमा बच्चालाई नछोड्न उर्दी जारी गरेको छ।





Comments

comments

Leave a Reply

7458