नेपाली जनसम्पर्क समिति जर्मनीमा सभापतिमा बिजय मोक्तानको उम्मेदवारी

आदर्णीय सम्पूर्ण प्रजातन्त्र प्रेमी एबम नेपाली जनसम्पर्क समिति जर्मनीका सबै अग्रज दिदीबहिनी,दाजुभाइ तथा प्रतिनिधि मेरा मित्रजनहरुमा, जय नेपालको न्यानो आत्मीयता अभिबादन,
जय नेपाल !

नेपाली काँग्रेसको जर्मनीस्थित प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समितिको तेश्रो केन्द्रीय अधिवेशन यही महिनाको जुलाई २६ तारिखका दिन पाच क्षेत्रमा निर्वाचन र २७ तारिख बर्लिनमा तेस्रो अधिबेसन सम्पन्न हुन लागिरहेको बारे यहाँहरुलाई अवगतै छ । यो अधिवेशनले समितिको आगामी चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्दैछ | आगामी नेतृत्वका लागि मैले नेपाली जन सम्पर्क समिति जर्मनीको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छु।

मेरो उम्मेदवारीको समर्थन गर्दै ऐक्यवद्धता जनाउन हुने नेपाली जन सम्पर्क समिति जर्मनीका विभिन्न राज्यका साधारण सदस्य साथीहरुप्रति आभार व्यक्त गर्दै म मेरा आम शुभेच्छुक र जर्मनी भर छरिएर रहेका नेपाली जनसम्पर्क समिति जर्मनीका आदरणीय प्रतिनिधि साथीहरुलाई यसै विज्ञप्ति मार्फत म आफ्नो उम्मेदवारीको औपचारिक जानकारी गराउँदै साथ,समर्थन र सहयोगको अपेक्षा गर्दछु।

मेरो उम्मेदवारी किन ?
नेपाली राजनीतिमा दूरदर्शी राजनेता एवं महामानवको रुपमा सम्मानित वीपी कोइरालाले सन् १९७६ मा भारत प्रवासमा रहेका नेपाली काँग्रेसका शुभेच्छुकहरुलाई समेटेर स्थापना गर्नु भएको नेपाली जनसम्पर्क समिति,भारत नै मुलुकबाहिर रहेका काँग्रेसजनको पहिलो प्रवासी संगठन हो । आज यसको संरचना फैलिएर विश्वका अधिकाँश मुलुकमा पुगिसकेको छ । विद्यार्थी जीवनमा मातृभूमि नेपालमा भएका ऐतिहासिक जनआन्दोलनका पक्षमा काम गर्दै म राजनीतिक यात्राका क्रममा आज यहाँसम्म आईपुगेको छु । मेरा लागि इमान्दारिता,नैतिकता र समर्पणभावसहितको राजनीति मार्गदर्शन हो । जुन दिनदेखि मैले आफूलाई राजनीतिक सिपाहीको रुपमा यो अभियानमा समर्पण गरेको छु,त्यो दिनदेखि एक इमान्दार सिपाहीका रुपमा आफ्नो विवेकले भ्याएसम्मको योगदान गर्दै आएको छु । नेपाली जन सम्पर्क समिति विशुद्ध रुपमा राजनीतिक दलको भातृ संगठन भएता पनि हामीले यो प्रवासी भूमिमा रहेर आम नेपाली समुदायको हितका पक्षमा काम गर्नुपर्ने गरी अब संगठनलाई अझ व्यापक बनाउनु पर्ने समय आएको छ। तसर्थ म मेरो उम्मेदवारी घोषणासँगै प्रमुख रुपमा यी एजेण्डाहरुलाई प्रस्तुत गर्दछु । जर्मनीमा रहेका आम काँग्रेसजनलाई समितिमा आवद्ध गराउँदै मजवुत संगठन निर्माणका लागि समितिलाई जर्मनीव्यापी बनाउने अभियानलाई तीव्रता दिईनेछ । यसका लागि सबै राज्य र शहरमा च्याप्टर गठन र विस्तार गरिनेछ। एकता नै बल हो भन्ने सत्यलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिनेछ । यसका लागि सबैलाई समेटेर म मेरो नेतृत्व प्रदान गर्नेछु । नेपाली काँग्रेसको भातृ संगठनको रुपमा काँग्रेसका नीति,निर्देशन र उद्देश्यलाई केन्द्रविन्दूमा राखिनेछ। साथै जर्मनीका प्रवासमा रहेका आम नेपाली समुदायको हितमा स्थानीय संघ,संस्थासँग आपसी समन्वय कायम गर्दै आधारभूत सरोकारका विषयमा स्थानीय च्याप्टर मातहत सामाजिक सेवाका कार्यहरु गरिनेछ । नेपालको कला,संस्कृति,शिक्षा,पर्यटनको विकास र प्रवद्र्धनका लागि नेपाली समुदायका अन्य संघ–संस्थासँग समन्वय गर्दै विभिन्न कार्यक्रम आयोजना गर्ने र अन्य सर संघठनले आयोजन गरिएकोमा समेत मेरो ब्यक्तिगत एब्म हाम्रो संघठनले सहयोग गरिनेछ।

साथै एनआरएन लगायत अन्य नेपाली प्रतिनिधिमूलक संघ,संस्थासँग मित्रवत् सम्बन्ध कायम गरी नेपाली समुदायको हितमा सँगै मिलेर काम गरिनेछ । यसमा सबैखाले विचारका पक्षधरहरुसँग पनि समन्वयात्मक सम्बन्ध कायम गरिनेछ । आम गैर आवासीय नेपालीहरुको चासो र हक,अधिकारका पक्षमा मातृपार्टी र नेपालको सरकारसँग निरन्तर लविङ गरिनेछ । जर्मनीमा रहेका नेपालको लोकतन्त्रका पक्षधर अन्तर्राष्ट्रिय समुदायका संघ,संस्था र निकायसँग विकास,अध्ययन,अनुसन्धान र सहयोगका लागि सम्पर्क सम्बन्ध स्थापना गरिनेछ। जर्मनी सरकार,नेपालका हितैषी र शुभेच्छुकहरुसँग सम्बन्ध स्थापित गरिनेछ । यसैगरी अन्य मुलुकका नेपाली जनसम्पर्क समितिसँग पनि आपसी सम्बन्ध विस्तार गरी मातृपार्टी नेपाली काँग्रेसका पक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध अझ व्यापक बनाउन विभिन्न कार्यक्रम गरिनेछ ।नेपाली काँग्रेस अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको एक पुरानो सदस्य भएको नाताले हामीप्रति अन्तर्राष्ट्रिय समुदायको निकै भरोसा रहेको छ । अब यो आधारलाई हामीले मातृभूमिको अधिकतम हितमा परिचालन गर्नुपर्ने समय आएको छ । काग्रेसको लोकतान्त्रिक विचारधारा र आदर्शको पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गरिनेछ।

साथीहरु,यी मेरा प्रमुख उद्देश्य र एजेण्डाका झलक मात्र हुन् । मेरा यी एजेण्डाहरुसहित म आगामी नेतृत्वका लागि उम्मेदवारको रुपमा मैदानमा आएको छु । म यसै औपचारिक घोषणा मार्फत नेपाली जनसम्पर्क समिति,जर्मनीका सबै केन्द्रीय प्रतिनिधिहरुलाई जुलाई २६ तारिखमा हुने निर्वाचन र २७ तारिख जर्मनीको बर्लिनमा हुने तेश्रो केन्द्रीय अधिवेशनमा सहभागी भई अधिवेशन सफल बनाइदिनु हुन आग्रह गर्दछु र पत्रकार मित्रहरु साथै जर्मनिमा रहेका नेपाली सर संघठनलाई पनि अधिवेशनका पक्षमा सहयोग गरिदिनु हुन आग्रह गर्दछु।

आशा छ, सबै प्रतिनिधि र शुभेच्छुक साथीहरुले मेरो नेतृत्वका लागि सहयोग गरिदिनु हुनेछ ।
मेरो विस्तृत कार्य योजना र घोषणा केन्द्रीय अधिवेशनस्थलमा गर्नेछु। जय नेपाल !
बिजय मोक्तान
सभापतिका प्रत्यासी,नेपाली जनसम्पर्क समिति,जर्मनी २०१५
हालः महामन्त्रि नेपाली जनसम्पर्क समिति,जर्मनी।





Comments

comments

Leave a Reply

7479