आफूलाई जवान बनाई राख्ने हो ?

सही र सन्तुलित खानाले केवल शरीरलाई मात्र स्वस्थ बनाउँदैन, बुढ्यौलीका लक्षणलाई पर सार्न पनि मद्दत गर्छ । केही खानेकुरामा एन्टी–अक्सिडेन्ट र फाइटोकेमिकल्स प्रशस्त हुन्छ, जसले अनेकौँ समस्याविरुद्ध लड्न मद्दत गर्छ। तिनले छाला र शरीरलाई जवान बनाइराख्न पनि सहयोग गर्छ।

  • मेवाले पेटका लागि राम्रो गर्छ । त्यसैगरी छालाको सुन्दरता पनि कायम राख्छ । यसले कैयौँ रोगलाई टाढा राख्छ। यसमा पर्याप्त मात्रामा भिटामिट–ए र एन्टी–अक्सिडेन्ट पाइन्छ।
  • दहीले पाचनक्रियालाई मद्दत गर्छ । विभिन्न अध्ययनले दहीमा जीवित ब्याक्टेरियाहरू हुन्छन् भन्ने पत्ता लागेको छ। क्याल्सियमको राम्रो स्रोत भएका कारण यसले अस्टियोपोरोसिसबाट बचाउँछ । यसले छालालाई जवान बनाइराख्छ।
  • काउली, ब्रोकाउली, ब्रसेल्स स्पाउट्स आदि तरकारीले रोगबाट सुरक्षा प्रदान गर्छन् । यी तरकारीमा पाइने बिटा कैरोटिन, आइसोथियोसाइनेट्स आदिले क्यान्सर रोक्न मद्दत गर्छ । यसको नियमति सेवनले मानिसलाई बढी उमेरमा पनि जवान देखाउन मद्दत गर्छ।
  • गोलभेँडामा लाइकोपिन नामक तत्त्व पाइन्छ, जो एकप्रकारले कैरिटिनाइड हुन्छ । यसले क्यान्सरप्रतिरोधात्मक क्षमता उत्पन्न गर्छ। यसमा फ्युमेरिक एसिड र क्लोरोजेनिक एसिड पनि हुन्छ । यसले कार्सिनोजन्सलाई बाहिर निकाल्न मद्दत गर्छ । गोलभेँडा खानाले छालालाई सदैव जवान र चम्किलो देखाउँछ।
  • स्याउ र स्ट्रबेरीजस्ता फलमा घुलनशील फाइबार हुन्छ । यसले रगतमा चिनीको मात्रा कम गर्छ । क्यान्सर कोसिकाद्वारा प्रयोग हुने एनजाइमलाई अवरुद्ध गर्छ । यसमा प्रचुर मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जसले उमेरलाई थामिराख्छ।
  • फर्सी, आँप, आरु, सख्खरखण्ड आदिमा बिटा क्यारोटिन र भिटामिन–सी र एनजाइम प्रचुर मात्रामा पाइन्छ। यसले पाचनमा सहयोग गर्छ। साथै, छालालाई जवान बनाइराख्न मद्दत गर्छ।
  • भटमासबाट उत्पादित सोया, पिठो, दूध र तोफु आदिमा भरपूर क्याल्सियम हुन्छ। यिनीहरूमा जेनिस्टिन हुन्छ, जुन केही विशेष प्रकारका क्यान्सर रोग कम गर्न उपयोगी देखिएका छन् । यसले शरीरलाई जवान राख्न पनि मद्दत गर्छ।
  • सुन्तला, मौसम, अंगुर, निबुवा आदिमा भिटामिन भरपूर मात्रामा पाइन्छ । यसमा बायोप्लेबोनाइड र लाइमोनिन पनि प्राप्त हुन्छ । यसमा क्यान्सर उन्पन्न गर्ने पदार्थ कार्सिनोजन्सलाई रोक्छ। यी सबै चिजमा एन्टी–अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । जसले बुढ्यौलीलाई पर धकेल्छ। (नयाँ पत्रिकाबाट)




Comments

comments

Leave a Reply

7470