मदिरा र ‘गोत्र’ले राउटे समुदायको संख्या घट्दै

काठमाडौँ । लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ। तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो।

त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ। राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन्। राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ। यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै गएको छ त? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन्। मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण ‘गोत्र’ सँग जोडिएको छ।

राउटे समुदायका तीनवटा गोत्र छन्- रास्कोटी, स्ववंशी र कल्याल। राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन।

रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक-अर्कासँग विवाह हुन्छ। यो समुदायमा कल्यालको संख्या अधिक छ। स्ववंशी र रास्कोटीको संख्या न्यून छन्।

कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक-युवतीको विवाह हुन मुस्किल भएको छ। आजको नागरिक दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

75963