१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ।

समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो।

अहिले करिब ५ लाख थान राहदानी मात्र मौज्दात छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले यस्तो बताएका हुन् । ‘सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्छ,’ समितिको बैठकमा उनले भने, ‘अहिले अभाव हुन नदिन भेरिएसन गरेर खरिद गर्नुपर्ने अवस्था छ ।’ खुला प्रतिस्पर्धा नगराई पटकपटक भेरिएसन गरेर राहदानी छापिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ। आजको नागरिक दैनिकमा समाचार छ।





Comments

comments

78069