Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोलोराडोमा एएनए सम्मेलनको उद्घाटनसहित पहिलो दिन थुप्रै कार्यक्रमहरु सम्पन्न ,आज अन्तिम दिन थुप्रै कार्यक्रमहरु हुदै… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोलोराडोमा एएनए सम्मेलनको उद्घाटनसहित पहिलो दिन थुप्रै कार्यक्रमहरु सम्पन्न ,आज अन्तिम दिन थुप्रै कार्यक्रमहरु हुदै…

विजय थापा –

अमेरिकाको कोलोराडो राज्यको डेनभरमा भै रहेको ४० औ एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) सम्मेलनको उद्घाटनसहित पहिलो दिन महिला कार्यक्रम ,एएनएन नेपाल फोरम (मंच),अमेरिकी फोरम(मंच)एएनए मिसेस घोषणालगायत कार्यक्रमहरु सम्पन्न भएको छ।

आज जुलाई २ आइतबार अन्तिम दिन थुप्रै कार्यक्रमहरु हुनेछन्। गजल समारोह ,फिरोज स्याङ्गदेन संगीत टोलीको प्रास्तुती सहित साहित्य कार्यक्रमहरु समेत हुने छन् । आजै नया कार्यकारी समितिको समेत नेतृत्वको घोषणा हुनेछ।

समुद्घाटन कार्यक्रममा बिशेष अतिथिहरुको रुपमा स्थानीय नगर प्रमुखहरु ,विभिन्न पदमा निर्वाचित बिदेशी पाहुनाहरु ,विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु ,एएनएका पूर्व अध्यक्षहरु सहित थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सुरु हुनु अगाडी लाखे नाच ,धिमे वाजा सहित झाकी प्रदर्शन सहित कार्यक्रममा स्थलमा पुगी बिसर्जन गरेका थिए । केही समय मंचमा झाकी प्रदर्शन समेत गरिएको थियो।

समुद्घाटन कार्यक्रममा एएनएका अध्यक्ष विजय राज भट्टराई,सम्मेलन संयोजक बिनोद त्रिपाठी ,अतिथिहरु ,पूर्व अध्यक्ष तथा भावी अध्यक्ष खगेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए।

कार्यक्रममा दुवै राष्ट्रका राष्ट्रिय गान सहित पानसमा पूर्व अध्यक्षहरु हरि शर्मा लगायत वर्तमान अध्यक्ष विजय राज भट्टराईले उद्घाटन गरेका थिए । दिनभरी बिभिन्न बिषयमा फरक बिषयमा कार्यक्रम संचालन भएको थियो।

नेपाल मंच ,अमेरिकी मंच ,महिला कार्यक्रम ,नेपाली घरको प्रस्तुति लगायत कार्यक्रमहरु आयोजना गरिएका थिए।

यस पटकको मूल नारा “नेपालीलाई सधै नेपाली नै हुन देउ” भन्ने राखिएको छ । यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरुसंगको सहकार्यमा यो सम्मेलन भै रहेको छ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन्।





Comments

comments

79373