राजश्व ऋणात्मक, पोहोरकोभन्दा एक अर्ब कम

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ। हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो।

महत्वाकांक्षी लक्ष्य राखेको कारण सरकारले राजस्व संकलनको लक्ष्य प्राप्ति गर्न चुकेको मात्र होइन पोहोरको भन्दा राजस्व पनि करिब १ खर्ब कम संकलन गरेको छ।

आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा ६१।३६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पोहोर असार १७ गतेसम्म ९ खर्ब ७३ अर्ब ६१ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा ८ खर्ब ६१ अर्ब रूपैयाँमा मात्र संकलन भएको छ।

यसरी हेर्दा पोहोरको भन्दा १ खर्ब १२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो।

घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुल लगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी आएको छ । कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको छ । यो सामाचार नागरिक दैनिकमा छ।





Comments

comments

79469