Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल साँझ – बिष्णु गुरुङ “एकता” अमेरिका

– बिष्णु गुरुङ “एकता” अमेरिका

नेपाल साँझ भन्ने बित्तिकै नेपाल एसोसियसन अफ नर्देन क्यालिफोर्निया (NANC) ले बार्षिक रुपमा मनाउँने मुख्य मौलिक कार्यक्रम भनेर बुझिन्छ बे-एरियाबासी नेपाली समुदायले यहाँ। १९९४ मा स्थापित न्यान्स यस बे-एरियामा नेपालीहरुको बिचमा पुरानो र सबैको साझा संस्थाको रुपमा रहेको छ। भन्छन् नाम अनुसारको काम वा काम अनुसारको नाम भने झैँ नेपाल साँझ भन्ने बित्तिकै अड्कल र अपेक्षा गर्ने कुरा के हुन सक्ला?

स्वदेशमाभन्दा बिदेशमा बस्दा आफ्नो राष्ट्रियता र पहिचानप्रति बढी गर्व हुदोरहेछ। यो विदेशको बसाईमा सबैलाई महसूस भएकै कुरा हो। बिगत ११ बर्षदेखि यस नेपाल साँझको सम्मानमा म नेपाली भेषभूषामा उपस्थित हुने गर्दछु। तर, अहिलेको नेपाल साँझको फ्लायर तथा जानकारी हेर्दा पंक्स भएर जाने होकी के गर्ने होला भनेर दोधारमा छु। धेरै जसो महिलाहरु कहिलेकाही सारीमा देखा पर्छन् भने पुरुषहरु प्राय जसो साधारण भेषमा नै हुन्छन। बर्षेनी कार्यक्रममा बिशेष गरि नेपाली नृत्य तथा गायनद्वारा मनोरंजन गरिने गरिन्छ। खाना पिउनमा नेपाली साधारण खानाको व्यवस्थापन कुनै रेष्टरेन्टले गरेको हुन्छ। यस ठाउँमा १२ देखि १५ हजार संख्यामा नेपाली छन् भनेता पनि नेपाल साँझ मनाउँन ५०० को हारहारीमा सहभागी हुने गर्छन। गत साल मह जोडीको उपस्थितिले भने धेरैको संख्यामा नेपालीहरु यस कार्यक्रममा देखापरेका थिए। भुकम्प पीडितप्रति समर्पित नेपाल साँझ २०१५ यहि अगष्ट १५ आईतबारको दिन चर्चित गायक निमा रुम्बाको साथमा स्थानीय कलाकारहरुको नृत्य र संगीतले भब्य मनोरन्जानात्मक साँझ हुने लक्षण देखिन्छ।

आशा छ यस साँझको भरपूर्ण मजा साथै अविस्मणिय सम्झना सबैले लिने नै छन्। फेरी पनि अमेरिका जस्तो प्रजातान्त्रिक देशमा हामी १२ देखि १५ हजार नेपालीहरुको माँझमा रहेको नेपाल साँझको माध्यमले बहुसंकृतिको धनि नेपाललाई विश्व सामू चिनाउँन सकिने प्रशस्त आधारहरु छन्। नेपाल साँझ जस्तै कलाकार बोलाएर मनोरंजन दिने उदेश्यले अरु धेरै कार्यक्रमहरु बर्षेनी आयोजना हुने गर्छन। नेपाल बहुसंस्कृतिको धनि देश हो जसको मिश्रणले नेपाली संस्कृति बनेको छ। “अनेकतामा एकता र एकतामा अनेकता नेपालीको बिशेषता” यहिँ मानचित्रलाई दिमागमा र नेपालीपनलाई मनमा राखेर बिभिन्न संस्कृति र समुदायलाई पहिचान गर्ने नृत्य एवं नाटक, नेपाली भेषभूषा, सामन, आर्ट तथा खाना परिकारहरुको प्रदर्शन त्यस्तै नेपालीहरु आ-आफ्नो भेषभूषामा सजिएर सहभागी हुने र मनाउने दिन अगष्टको कुनै सप्ताहलाई स्थायी हिसाबले मार्क गर्यो भने यहाँको नेपाली साथै अमेरिकन थुप्रै सामाजिक संजालहरुले प्रचार प्रसारणमा अवश्य मद्दत गर्नेछ जसले नेपाल साँझलाई दिगो रुप दिदै अमेरिकन समुदायमा यसलाई चिनाउदँछ यसरी बार्षिक मे महिनाको तेस्रो सप्ताहामा मनाउँने हिमालयन फेयरले हिमालयन देशहरुको चिनारी दिन सकिरहेको छ भने के नेपाल साँझले नेपालको चिनारी दिन नसक्ला र?





Comments

comments

Leave a Reply

7953