नइलाई डा.उपाध्यायबाट पाँच लाख

नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्राप्त भएको छ। उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गर्नुभएको हो।

नइ प्रकाशनको आज बसेको बैठकले डा.कपिलदेव उपाध्यायको योगदानको सम्मान गर्दै जेहेनदार विद्यार्थीको हित हेतु ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ।

हरेक वर्ष तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ हुम्ला जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एक जना छात्रालाई प्रदान गरिने छ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव





Comments

comments

84650