कर्णालीबाट रिटर्नी सेन्टर नेपालको संगठन बिस्तार

रमेश खावाजु –
माओबादी जनयुद्ध कर्णालीबाट शुरु भए जस्तै रिटर्नी सेन्टर नेपालको वडा संगठन बिस्तार अभियान पनि कर्णालीबाट शुरु भएको छ।

डोल्पा जिल्लाको दुर्गम ठाउँ ठूलिभेरि नगर पालिकाको वडा नं ५ र ६ मा संयुक्त भेला कार्यक्रमको आयोजना गरि दावा रोकायको संयोजकत्वमा रिटर्नी सेन्टरको वडा कमिटी गठन भएको हो।

भेलामा प्रमुख अतिथि तथा डोल्पा जिल्लाको ३ महिने अभियान इन्चार्ज युबराज आचार्य ( साकार )ले पार्टी तथा रिटर्नी सेन्टर नेपालको संगठन बिस्तार गर्ने बताए। त्यस्तै रिटर्नी सेन्टर नेपाल कर्णाली प्रदेशका सदस्य पूर्ण बहादुर रोकायले संघ तथा प्रदेशमा हाम्रो आफ्नै सरकार भएकोले रिटर्नी तथा विदेश जान खोज्ने नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीहरुको सृजना गरि विदेश जानबाट रोक्नुपर्ने बताए। पार्टीले युवाहरुलाई काम गर्ने र गराउने तिर लगाउनुपर्ने बताए।

रिटर्नी सेन्टर नेपाल कर्णाली प्रदेशका संयोजक जनक परियार विन्दमानले नेपालमै पहिलो पल्ट रिटर्नी सेन्टर नेपाल कर्णालीको वडामा सङ्गठन बिस्तार भएको जानकारी गराए। प्रदेश संयोजक विन्दमानले इन्टरनेटको पहुँच भन्दा टाढा रहेको यो वडाहरुमा रिटर्नी सेन्टर नेपालको वडा संगठन बनाउन सहयोग गर्नु हुने सम्पूर्ण स्थानीय बासिहरुमा टेलिफोन मार्फत धन्यबाद ब्यक्त गरे।

त्यस्तै रिटर्नी सेन्टर नेपाल ठुलिभेरि नगर पालिकाको वडा नं ५ र ६ का संयोजक दावा रोकायले पार्टी तथा रिटर्नी सेन्टर संगठन बिस्तार ,प्रचार प्रसार आफू सक्रियताका साथ लाग्ने बताए। वडा संयोजक रोकायले पार्टीमा नयाँ नौलो बिषयमा खोजको अभाब रहेकोले यो बिषयमा बल गर्नुपर्ने सुझाब दिएका छन्।

वडा संगठनका पदाधिकारीहरुको नामावलीl
अध्यक्ष .- दावा रोकाय
सचिब – लोक्बहादेर रोकाय
सदस्य – किस्न महतारा
सदस्य -हरिक्रर्ण बोहोरा
सदस्य -.लोगबहादुर रोकाय
सदस्य -. प्रेम बहादुर बोहोरा
सदस्य – धन्बहादुर मल्ल





Comments

comments

84653
%d bloggers like this: