सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल

पोखरा, ३१ भदौ । सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल निर्वाचित भएका छन्। क्लबको शनिबार १३ औं अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा बराललाई सर्वसम्मत निर्वाचित गरेको हो।

अधिवक्ता समेत रहेका बराल क्लबमा बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन्। वसन्त थकाली नेतृत्वको तेस्रो कार्यकालमा २०५८ मा सहसचिवबाट क्लबको कार्यसमितिमा प्रवेश गरेका बराल अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए।

यस्तै, कार्यसमिति वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भए। उनी संस्थापक सचिवसमेत हुन्। उपाध्यक्षमा चित्रबहादुर पुन र महासचिवमा रामजीप्रसाद अधिकारी दोहोरिए।

सचिव टंकराज पौडेल, कोषाध्यक्षमा बिनु राना मगर र सहकोषाध्यक्ष अशोक लालचन चयन भए। सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भए।

क्लबले शनिबार अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा विशेष समारोहबीच रजत महोत्सव मनायो । २०५५ साल भदौ ३० मा जन्मिएको सहारा क्लब मोफसलको चर्चित क्लब हो। सहाराले हरेक वर्ष पोखरा रंगशालामा आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ भने पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी चलाएको छ।





Comments

comments

84715