Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारको प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारको प्रेस विज्ञप्ति
गत जुलाइृ २९, २०१४ मा सम्पन्न भएको मेगा कन्सर्टको विषयमा यस कन्सर्टको प्रस्तुती गर्ने र व्यवस्थापनको जिम्मेवारी समेत लिएका अन्तराष्ट्रिय नेपाली कलाकार मञ्चको तर्फबाट म अध्यक्ष भविन्द्र तामाङ्ग के भन्न चाहन्छु भने व्यवस्थापनका तर्फबाट कार्यक्रम पस्कने क्रममा कमिकमजोरी र त्रुटी भएकै हो।

कार्यक्रम संयोजक, मञ्चको संरक्षक र अध्यक्षले आआफ्नै तरिकाले कन्सर्टको तयारीमा लागेका होकी भन्ने पनि सवैलाई लागेको छ । कतिपय परिस्थितिमा व्यस्तता लगायत विविध कारणले कार्यक्रम संयोजक, मञ्चको संरक्षक र अध्यक्षका विचमा समन्वय हुन नसकेको पनि हामीले स्विकारी सकेकाछौं । गत ५ अगष्ट। २०१४ मा कन्सर्टमा मिडीया कोअर्डिनेटरको जिम्मा लिएका एनएस इन्टरटेन्मेन्टका तर्फबाट पत्रकार भेटघाटको आयोजना गरेर (प्रेसमीट) पत्रकारहरुलाई कन्सर्टको सफलता र कमिकमजोरीका वारेमा जानकारी दिइसकेको छ।

नेपाली समुदाय, संघसंस्था र दर्शकहरुको अपार साथ पाएको र कन्सर्टको लागि आधारभूत् सवै कुराहरुको व्यवस्थापन सफलतापुर्वक गरेरपनि दर्शकहरुको चाहनाअनुसार कार्यक्रम पस्कन नसकेकोमा अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च कतारको तर्फबाट हामी क्षमाप्रार्थी छौं र आगामी दिनमा यस्ता त्रुटीहरु नदोहोरयाउने प्रतिदद्धता पुनः जाहेर गर्दछौं ।
मेगा कन्सर्टको आयोजना गर्न आआफ्ना क्षेत्रबाट सहयोग र समन्वय गर्नु भएका नेपाली समुदाय, संघसंस्थाहरु, स्थानिय कलाकार, नेपालबाट आउनु भएका कलाकारहरु, प्रतिभाशाली कलाकार तेरिया मगर, स्वयम्सेवक, व्यवस्थापक तथा विभिन्न क्षेत्रमा जिम्मेवारी लिएर योगदान पुरयाउनु भएका मित्रहरु तथा एनआरएनए एनसीसी कतार, नेपाली राजदुतावास तथा कतार सरकारप्रति नेपाली कलाकार मञ्चको तर्फबाट यस प्रेस विज्ञप्ती मार्फत हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

भविन्द्र तामाङ्ग
अध्यक्ष
अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च, कतार
अगष्ट ६, २०१४





Comments

comments

862