हाम्बर्ग शहरमा तीज धमाका हुने

हाम्बर्ग शहरमा तीज धमाका हुने
जर्मनीको हाम्बर्गमा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज धमाका कार्यक्रम १६ अगष्त २०१४ को ५ बजे बेलुका देखि AMANDA STRASSE 58 मुट थिएटर हाम्बर्गमा योजना गरिदै छ।

हरेक बर्ष जस्तै यो बर्ष पनि यो कार्यक्रमको निरन्तरता दिनुले प्रवासमा पनि नेपाली कला साँस्कृति र परम्परालाई सनातन नै गर्दै आएको देखिन्छ। यस सालको हरितालिका तीजको कार्यक्रम सबै हाम्बार्गबासी नेपाली समुदायहरु र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज मिलेर एक साथमा आयोजना गरिदैछ। हाम्बर्ग र यसको वरपर सहरमा रहने सबै नेपाली दिदिबहिनीहरु यस कार्यक्रममा सहभागीको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। तीजको दर खान र रातो सारीमा छम छामी कम्मर मर्काई नाच्न दिदी बहिनीहरुका दुख शुखका अनुभवहरु अदान प्रदान गर्नको लािप आयोजकले यस बर्ष सम्पूर्ण नेपाली चेलीबेटीहरुलाई बिना पैसा यस तीजको कार्यक्रममा हार्दिक निमन्त्रणा गरेकोछ।

बर्षमा एक पटक मात्र हरितालिका तीजको दिन आउने गर्छ। नेपाली नारीले श्रीमानको लागि गर्ने सबै खाले बर्त, त्याग तपस्या यसै तीजको पर्वमा गर्ने गरिन्छ।

तीज नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज विदेशमा बस्ने नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ। आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकी थिईन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म नेपाली नारीहरूले यो पर्व मनाउदै आएका छन्।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेलीलाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँछन् तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ।

नेपाली समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिकताको साथमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ।

तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। दरमा खीर, ढकने वा सेलरोटी खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको ब्रत बसिन्छ। यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ। यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।

यस बृहत कार्यक्रमको आयोजकसंग तपाईको सम्पर्कको लागि यहाँ निम्न फोन न हरु दिएकोछ।
मिती-: १६ अगष्ट २०१४
समय-: ५ बजे बेलुका
स्थान -:AMANDA STRASSE 58
सम्पर्क:- सरोज श्रेष्ठ
INAS बरिष्ट उपाध्यक्ष जर्मनी
सम्पर्क न. 015754546800
Sunita thapa-krahn
01626332744





Comments

comments

865