Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुुबईमा युएईव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न

लालबहादुर ढेंगा / एचकेनेपाल डट कम –
युएई दुबई । युएईमा धेरै जसो संस्थागत, विविध सांस्कृतिक र विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेता पनि गएको ८ अगस्त शुक्रबारका दिन दुबईको सिन्ध पन्जाब रेष्टुरेण्टमा भने साहित्यकार र श्रष्टाहरुको ठूलो जमघटमा अन्तर युएईव्यापी खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

कविता प्रतियोगिता आदिकवि भानुभक्त आचार्यको २०० औं जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ युएई शाखाले गरेको हो। उक्त कविता प्रतियोगिताको प्रमुख अतिथिमा विश्व नेपाली साहित्य महासंघको केन्द्रीय महासचिव समदर्शी काइला रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ युएई शाखाका अध्यक्ष मुम्चे (विद्रोही साहिला) ले गर्नु भएको थियो। त्यसैगरी विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो। अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी, साहित्यकार र पत्रकारहरु रहेका थिए।

प्रवेश वाम्बुलेको शुभकामना मन्तव्य तथा प्रमुख अतिथिको आफ्नो कृति वाचन गर्दै आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यापणबाट कविता प्रतियोगिताको थालनी गरिएको थियो भने प्रतियोगिताको संचालन देवेनबावु राईले गरेको थियो।

युएईस्थित कार्यरत साहित्यकारहरुले खाडीको मरुभूमिमा आफुले देखेका, भोगेका र अनुभव गरेका दुख र वेडनाहरुलाई साहित्यिक भाषामा वर्णन गरेका थिए । नयां जोश र जागरका साथ जुर्मु¥याउदै आएका जम्मा १९ जना साहित्यकारहरुले आ–आफ्ना कविता र गजलहरु वाचन गरेका थिए। जसमा प्रतिस्प्रधाका लागि भने जम्मा १४ जना साहित्यकारहरुले भाग लिएका थिए।

निर्णायक दलबिर सिंह बराइली, निमेष गिरी र दीपराज नेयोङ्गहाङ्ग तीन जना निर्नायक मण्डलमा रहेको कविता प्रतियोगिताका लागि भाग लिने साहित्यकारहरुको नामावली क्रमशः सुरेशप्रसाद आर्याल, साजन राई, रुद्र कार्की, श्रीकृष्ण राव, बुनु उप्रेती शर्मा, लक्ष्मण खनाल, मनोज रुङवाङ्ग राई, स्मृति रोगी, राधा घायल अधिकारी, त्रिलोचन कोइराला, सरोज पाहाङ्गो, तपन घर्ती मगर, विशङ राई र तेज विवश राई रहेका थिए। विभिन्न विधामा वाचन गरिएको कविताहरुमध्येमा प्रथममा सरोज पाहाङ्गो, द्धितीयमा तपन घर्ती मगर र तृतीयमा साजन राईले हात पारेको छ। त्यसैगरी अन्य पुरस्कृत हुनेहरुमा तेज विवश राई, रुद्र कार्की, सुरेशप्रसाद अर्याल, श्रीकृष्ण राव, बुनु उप्रेती शर्मा, मनोज रुङवाङ्ग र विशङ राई रहेका छन्।





Comments

comments

867