Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्यान कास्कीको अध्यक्षमा पाण्डे

विजय नेपाल / एचकेनेपाल डट कम –
पोखरा, २४ साउन। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीकोे सातौं साधारणसभा तथा पाँचौ अधिवेशनले गुणानिधी पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्ष चिन्तामणि बास्तोला, द्वितीय उपाध्यक्ष राजेन्द्र शर्मा, तृतीय उपाध्यक्ष युवराज पौडेल, महासचिव रुक्मागत भण्डारी ‘विश्वास’, कोषाध्यक्षमा कृष्णराज पोखरेल, सचिवमा विकास भुर्तेल, सह–कोषाध्यक्ष ईश्वरराज चालिसे चयन भए।

सदस्यमा तीर्थराज सुवेदी, विश्व प्रधान, केशव लामिछाने, सेवक क्षितिज रहेका छन् । एक वष१ वर्षको मात्र कार्यकाल रहेको कार्यसमितिको रिक्त २ जना सदस्य पछि मनोनीत गरिने संस्थाका महासचिव महासचिव रुक्मागत भण्डारी ‘विश्वास’ ले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूमा ठूलो जिम्मेवारी थपिएको र सबैको सहकार्यमा क्यान कास्कीलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यसअघि साधारणसभाको उद्घाटन गर्दै क्यानका केन्द्रीय महासचिव अमृत पन्तले क्यान कास्कीलाई केन्द्रले नजिकको आँखाले हेरेको र क्यान कास्कीले गर्ने हरेक क्रियाकलापमा सहयोग गर्ने वचनबद्धता ब्यक्त गरेका थिए।

क्यानका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ्गले संस्था हरेक क्रियाकलाप सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे। संस्थाका पूर्वअध्यक्ष इविन्द्रराज तिवारीले संस्थाको सफलताको शुभकामनासहित संस्थाको अघि अवसर तथा चुनौती दुबै रहेको औल्याए।

कार्यक्रममा महासचिव अच्युत खनियाँले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णराज पोखरेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अधिवेशनमा निर्वाचन अधिकृतका रुपमा संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ रहेका थिए।

क्यान कास्कीका अध्यक्ष चण्डीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गुणानीधि पाण्डेले र संचालन सचिव विश्वास भण्डारीले गरेका थिए।





Comments

comments

869