हङकङ फेरि समुद्री आँधीको चपेटामा, टाईफून नं ८ जारी…


न्युज डेस्क
/ एचकेनेपाल डट कम –

हङकङ, ८ अक्टोबर। हङकङ अब्जर्भेटरीले आइतवार दिउंसो १२:४० बजे समुद्री आँधी सिग्नल नम्बर 8 जारी गरेको छ। समुद्री आँधीका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ।

अब्जर्भेटरीले करिब ७० किलोमिटर दक्षिणतिर घुम्दै कोइनु आज राति सहरको सबैभन्दा नजिक हुने बताइएको छ।

स्थानीय रूपमा हावाको शक्तिको भिन्नतामा निर्भर गर्दै, अब्जर्भेटरीले उच्च उष्णकटिबंधीय चक्रवात चेतावनी संकेतहरू जारी गर्ने जनाएको छ।

सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, सार्वजनिक बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएको जनाएका छन् भने करीव ७० वटा हवाई उडानहरु रद्द भएका छन्।

अब्जर्भेटरीले सर्वसाधारण जनतालाई सकेसम्म चाँडो सबै सावधानीहरू पूरा गर्न, तटीय रेखाबाट टाढा रहन र पानीका खेलहरूमा संलग्न नहुन सचेत गराएको छ।





Comments

comments

86359