ताई पो मा आगलागी हुंदा २ जना घाइते…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ अक्टोबर। ताई पो ताउ ड्राइभ, सेरेनिटी पार्क २ मा रहेको ब्लक १७ को माथिल्लो तल्लामा रहेको डुप्लेक्स युनिटमा आज अपरान्ह आगलागी भएको छ।

स्थानीय मिडियाका अनुसार घटनामा दुईजना घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनामा युनिट पूर्ण रूपमा आगोले जलेर नष्ट भएको छ। आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन र अनुसन्धान भइरहेको जनाइएको छ ।





Comments

comments

87495