Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम बिदाई

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २६ साउन। नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठलाई राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई गरिएको छ। पशुपति आर्यघाटमा सोमवार साँझ राष्ट्रिय सम्मानका साथ श्रीको अन्त्येष्टि गरिएको हो। श्रीको शवमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। त्यस्तै नेपाल प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो।

आइतबार राति भारतको गंगाराम अस्पतालमा उपचारको क्रममा निधन भएका श्रीको शवलाई एयर ईण्डियाको बिमानबाट सोमबार दिउँसो नेपाल ल्याइएको थियो। हजारौं शुभचिन्तकले उनीप्रति सम्मान व्यक्त गरेका थिए। ४७ वर्षीय उनी डिप निमोनियाको उपचार गराइरहेका भएपनि पछिल्लो पटक बोन क्यान्सरका कारण उनको निधन भएको जनाइएको छ।कलाकार श्वेता खड्कासँग विवाहपछि हनिमूनको लागि भारत गएलगत्तै विरामी परेपछि उपचारको लागि उनलाई अस्पताल भर्ना गरिएको थियो।

वि. सं. २०४५ सालमा भूमरी चलचित्रबाट सिने क्षेत्रमा प्रवेश गरेका श्रीकृष्णले पछिल्लो पटक आफ्नो ड्रिम प्रोजेक्ट कोहिनूरमा श्वेतासंगै अभिनय गरेका थिए। उनले धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटियलालगायत एकसय बढी चलचित्रमा अभिनय गरेका छन्।

गम्भीर विरामी परेका श्रीकृष्णको भावुक सन्देशः

चलचित्र कोहिनूरको एउटा गीतको दृश्यः

तस्वीर सौजन्यः प्रकाश लामा / सेतोपाटी





Comments

comments

881