जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो…

काठमाडौं । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो। तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो। टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो।

यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो। तर, त्यो सम्भव भएन।

तत्पश्चात् शवलाई नेपाल पठाउन मध्यपूर्वस्थित नेपालीबाट प्रयास सुरु भयो । बग्दाद क्षेत्रमा नेपालीको भरपर्दो सञ्जाल नभएको कारण स्थिति जटिल बन्यो । यसैबीच इराकको बग्दादबाट भर्खरै बनेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० सदस्य टीका विश्वकर्मा सम्पर्कमा आइन्।

एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘विश्वकर्मासँग यो विषयमा छलफल गरेपश्चात् हाम्रो मिसन सोझियो लालिमायाको शवलाई जसरी पनि एनसीसी इराकले नेपाल पठाउने भन्ने विषयमा । एजेन्टमार्फत कम्पनीको मालिकको नम्बर लिएपछि सम्पर्क गरेर कुराकानी भयो । कम्पनी नै समस्यामा पर्ने भएपछि मात्र शव पठाउन राजी भए । तत्पश्चात् टिकाजीलाई शवगृहमा शव छ या छैन कन्फर्म गर्न लगाएँ । शव त्यहीं रहेछ । शव हेर्नका निमित्त पनि पैसा तिर्नुपर्ने रहेछ । सबै कुरा बुझेपछि एफडब्लू सीडीओका संस्थापकलाई बग्दाद पठाइ लेनदेन गरी शव पठाउन कन्सुलर विभागदेखि दूतावाससम्मको कागजी प्रक्रिया अघि बढ्यो । तर, मृतकको राहदानी नहुँदा ट्राभल डकुमेन्ट बनाउनुपरेको हुँदा अर्को झमेलाले काम अघि बढेन।’

श्रेष्ठ थप भन्छन्, ‘कुवेत सरकारको परराष्ट्र मन्त्रालयमार्फत भेरिफाइ गरे मात्र कामअघि बढ्ने भएपछि प्रक्रिया अझै लम्बियो । अन्तमा सेप्टेम्बरमा सबै कागजी प्रक्रिया सकियो । तर, हस्पिटलमा शव फ्रिजिङको पनि चार्ज लाग्ने हुँदा लेनदेनमा कुरा मिलेन । कम्पनीको मालिकले वकिल खर्च पनि तिर्नै मानेन।’

यसक्रममा टीका विश्वकर्माकै इराकी साथी कामेल मोहमदको सहयोग प्राप्त भयो । शव जसरी पनि नेपाल पठाउनुपर्ने नत्र अप्ठ्यारोमा पर्ने भनिएपछि १ हजार ५ सय डलर आएपश्चात् मात्र शव पठाउन राजी हुने भएपछि एनसीसी सदस्य टीका विश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाइयो । त्यससँगै एनआरएनए एनसीसी इराकको कोषमार्फत समेत थपेर १ हजार ५ सय बुझाएर शव नेपाल पठाउन सम्भव भएको अध्यक्ष श्रेष्ठ बताउँछन्। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

91378