Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अर्पण टाट पल्टिएपछि ‘डन चरी’सँग लागेकी थिइन् खुश्बु…

काठमाडौं २८ साउन । बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर आफू सम्पन्न परिवारको छोरी दाबी गर्ने खुश्बु ओली अहिले चर्चाको शिखरमा छिन्।

गुण्डाका नाइके दिनेश अधिकारी ‘चरी’ को प्रहरी मुठभेडमा मृत्यु भएपछि खुश्बु भने प्रहरीका ईन्सपेक्टर कुमोद ढुंगेल र भुपू प्रेमी अर्पण कोइरालालाई दोष लगाउदै चर्चा बटुल्न थालेकी छिन् । नेपालमा प्लस वन फेल भएपछि खुश्बुलाई अर्पणले पुतलीसडकस्थित एसी कन्सल्टेसीको सहयोगमा बेलायतको भिसा लगाएका थिए । त्यतिबेला अर्पण ब्यापारको सिलसिलामा बेलायत जाने र आउने गर्दथे।

अर्पणको फ्ल्याटमा बसेर उच्च शिक्षा हासिल गर्न सफल भएकी खुश्बु अहिले अर्पणलाई आफूले सुधारेको दाबी गर्न थालकी छिन् । दुई बर्षसम्म अपर्णसँगै खुश्बु बेलायतमा ‘लिभिङ टुगेदर’ रहेकी थिइन्। अर्पणकै सम्पत्तिमा मोजमस्ती गर्ने खुश्बुले हरेक बर्ष बर्थडेमा लाखौ रुपैंया खर्च गर्दै आएकी थिइन् । तर यसपाली पैसाको अभाबले घरमै मनाएकी थिइन्। गत साल खुश्बुको बर्थडे पार्टी दरबारमार्गको प्लाटुनम डिस्कोमा भएको थियो। जसको सम्पूर्ण खर्च अपर्णले ब्यहोरेका थिए । अर्पणमार्फत चिनजान भएका बेलायती नागरिक रोबट डंकनले खुश्बुलाई अक्सफोर्ड युनिभर्सिटीमा स्कलरसिप मिलाइदिएका थिए।

बर्थडे पार्टीमा खुश्बु, अर्पणसहित अन्यसंग…

तर, खुश्बु अहिले मिडियालाई अन्तबार्ता दिदै बाबुको सम्पत्तिले पढेको दाबी गर्दै आफू सम्पन्न परिवारको छोरी भएको भ्रम छर्न थालेकी छिन्। बिभिन्न ब्यक्तिहरुसँग पैसा सापट लिने अनि अर्पणलाई तिर्न बाध्य बनाउने खुश्बु अर्पण टाट पल्टिएपछि चरीसँग लागेको उनी निकट स्रोत बताउँछ।

खुश्बुका कारण अर्पणले आफ्नो बिजुली बजारको पुर्खौली घरसम्म पनि बाँकी राखेनन् । अर्पणको घरमा समेत खुश्बुलाई बुहारीको नामले सम्बोधन गर्थे र खुश्बुले अर्पणको बुबा आमाललाई सासु ससुरा भनेर सम्बोधन गर्थिन । अर्पणले खुश्बुका आमा बुबालाई समेत बेलायत घुम्न लगेका थिए । अर्पण टाट पल्टिएपछि भग्सवागेनको महंगो जिपमा सवार हुने र अर्पणलाई दाईको नामले सम्बोधन गर्ने युवासंग खुश्बुको मायापिरती गांसिन पुग्यो।

उनै युवा थिए ‘डन चरी’। चरीलाई पछिल्लो समय खुश्वुले ठगी धन्दामा प्रयोग गर्ने थालेकी थिईन् । जसका कारण चरीको बजारमा तीन करोड भन्दा बढी पैसा तिर्न बांकी छ। असिमित इच्छा पूर्ति गर्न खुश्बुले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने र सो रकम तिर्न अर्पणलाई झै चरीलाई बाध्य बनाउन थालेपछि चरी बिस्तारै उनीसँग टाढिन थालेको चरी निकट स्रोत बताउँछ। चरीलाई धार बनाएर खुश्बुले आफ्नो ‘स्ट्यान्डर मेन्टेन’ गर्दै आएकी थिइन।

अर्पण-खुश्बु

मायाको जालो बुनेर अर्पणको सम्पत्ति उडाएपछि डन चरीसँग नजिकिन पुगेकी खुश्बुको महत्वकांक्षामा चरीको असुली धन्दाबाट थुपारेको कालो धनले नभ्याएपछि चरी गोठाटार तिर बस्ने एमबीबीएस पढ्दै गरेकी एक युबतीसंग अफेयर चलाउन थालेका थिए । दुई सातादेखि गोदावरी बस्दै आएका चरी त्यहां पनि उक्त युबतीसंगै थिए। चरीको अन्तिम रात तिनै युबतीसँग गोदावरीको एक रिसोर्टमा बितेको थियो। मिठो स्वरकी धनीका साथै रुपकी रानी भनेर चिनिने खुश्बुले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ।

डिएसपी केसी र इन्सपेक्टर ढुंगेललाई किन पोलिन खुश्बुले ?
सामाजिक सञ्जाल फेसबुकमा नेपाली नायिकाको नाममा फेक एकाउण्ट खोल्दा खुश्बु दुई बर्ष अघि डिएसपी प्रजित केसीको फन्दामा परेकी थिइन् । नायिका माल्लिका सुब्बा र मोडल स्मृति ब्रजाचार्यको नाममा खुश्बुले फेक एकाउण्ट खोलेर दुरुपयोग गरेको उजुरीको आधारमा खुश्बुलाई डीएसपी केसीले पक्राउ गरेका थिए। नायिका सुब्बा र ब्रजाचार्यसँग माफी मगाएर खुश्बु हिरासत मुक्त भइकी थिइन्।

खुश्बुको संगतले प्रहरीका एसएसपी भोगबहादुर थापाकी छोरी रक्षा थापासमेत फसेकी थिइन् । खुश्बुलाई पक्राउ गरेको रिस अहिले उनले डिएसपी केसीलाई फेरेकी हुन । त्यस्तै उनले चरी हत्यामा इन्सपेक्टर कुमोद ढुंगेललाई मुछ्नुको कारण पनि उस्तै छ । चरीले चढेको गाडीको पैसा नतिरेपछि ललितपूरका ब्यापारी राजन श्रेष्ठले प्रहरीमा गाडी तानिदिन निबेदन दिएका थिए।

सो गाडी ढुंगेलले पक्राउ गरी ब्यापारीलाई फिर्ता गरेको कारण एक हो भने अर्को चंडोलस्थित खुश्वुको घरबाट अर्पणको गाडी जफत गर्नु हो। प्रहरीले गाडी बरामद गरेरे हनुमानढोका ल्याएको पनि थियो। तर, खुश्वुले उक्त गाडी कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमती अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी रमेश खरेलको अगाडि पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए। गाडी तानेपछि ढुंगेलसँग रुष्ट बनेकी खुश्बुले चरी काण्डमा रिस फेरेको प्रहरीमा चर्चा छ। (साभारः अपराध खबर)





Comments

comments

941