Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटै रुखबाट ३६ लाख

एउटा रूखबाट वर्षभरिको कमाइ कतिसम्म होला? हजार, दस हजार या लाख। सायद कसैले अनुमान गर्ला, मझुवाका धनबहादुर लामाको एउटै रूखको वाषिर्क कमाइ ३६ लाख रुपैयाँ पुगेको छ।

यो बोधिचित्तको रूख हो, जसको वर्षको दुई छिमल फल बेच्दा उनलाई धनवर्षा भइरहेको छ। पैसाको झोला बोकेर क्रेता फेदमै आइपुग्छन्। पहिले उक्त रूखमा फल्ने दानाबाट उपार्जन होला भन्ने कल्पनासमेत थिएन। गेडा फल्थ्यो, झथ्र्यो। रहँदाबस्दा तिनै दाना उनेर माला लगाउनुपर्छ भन्ने जाने। अरूलाई बाँडे।

तीनवर्षअघि नै उनले बोधिचित्तको फल बेचेर साढे १२ लाख रुपैयाँ कमाए। त्यो कुरा संचारमाध्यममा आयो। जसबाट झन् चर्चा भएर कमाई साढे २२ लाख पुग्यो। अनि यो वर्ष २८ लाख कमाई भइसक्यो, दोस्रो सिजनको फलका लाथि ८ लाख थमाउने आइसके।

बोधिचित्तको कमाइबाट लामाले काठमाडौंमा राम्रो घर किनिसके। कमाइ बढेसँगै तला थप्ने योजना पनि बन्दैछ।

बोधिचित्तको दाना खासमा बुद्ध धर्मावलम्बीहरू औधी रुचाउँछन्। १ सय ८ दानाबाट बनेको माला हातको मुठीभित्र अटेमा त्यसले ठूलो दाम पाउँछ। ठूला दानाको भाउ छैन। थोरै मूल्यमा बेच्नुपर्दा पनि बगैंचाका अरू सबै फलफूलको कमाइबराबर एउटै रूखले उठाइहाल्छ। स्थानीय किसान हिरू लामाले थोरै बेच्दा पनि यस वर्ष अढाइ लाख कमाए।

बोधिचित्तलाई स्थानीय भाषामा बुद्धमाला पनि भनिन्छ। हरियो फल ढिकीमा कुटेर बोक्रा फालेपछि बोधिचित्त तयार हुन्छ। दानालाई आधुनिक मेसिनले प्वाल पारेर माला उनिन्छ। अचम्म के भने बोधिचित्तको रूखले धेरै स्याहार पाएमा चाहिँ राम्रो कमाइ गर्दैन। सुख्खा पंखर जग्गामा भएको रूखमा फल्ने साना दानाले नसोचेको कमाउँछ। आजको कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

935