प्रेममा धोका भन्दै अपहरण गर्न खोज्दा….

प्रेमिका भन्दै अपहरण शैलीमा एक युवतीलाई काभ्रेको दोलालघाट लान खोज्ने तीन युवक प्रहरी फन्दामा परेका छन्। उनीहरुले मंगलबार ज्ञानेश्वरबाट धादिङ्गकी सुशिला लामालाई ट्याक्सीमा राखेर जबर्जस्ती लान खोज्दा अनामनगर हनुमानथानमा स्थानीयको सहयोगमा प्रहरीले समातेको हो।

काभ्रे मदनकुडारीका सुमन लामाले साथीहरुको सहयोगमा त्यस्तो प्रयास गरेका हुन् । सुमनले सुशिला आफ्नी प्रेमिका भएको दाबी गरेका छन् भने, सुशिलाले सुमनसंग सामन्य चिनजानबाहेक अरु केही नभएको बताएकी छन् । सुशिलाले प्रेममा धोका दिएपछि सुमनले अप्हरण गरेको दाबी गरेका छन्।

महानगरीय प्रहरी वृत सिहदरवारका डिएसपी होविन्द्र बोगटीका अनुसार अपहरित युवतीलाई ट्याक्सीमा राखेर काभ्रेतर्फ लैजादै गर्दा हनुमानथानमा पक्राउ गरेको हो। बा १ ज २२६२ नम्बरको ट्याक्सीमा राखेर उनीहरु अपहरणकारीले दोलालघाट लग्ने योजना बनाएका रहेछन्, युवती कराएपछि सर्वसाधारणले उद्धार गरेका हुनु उनले भने । चालक लालजंग लामालाई समेत पक्राउ गरेको उनले बताए।

ुचालकलाई ३२ सय रुपैयाँ दिने सहमति भएको रहेछ, चालकपनि शंकाको घेरामा छ, अनुसन्धान छानवीन गर्दैछौ उनले भने । डिएसपी वोगटीले अपहरणकारीले डिल्लीबजारको भित्रीबाटो हुंदै अनामनगरको मोडमा पुर्‍याएको बताए।

युवतीले उद्धारका लागि चिच्याएपछि सर्वसाधारणले अपहरणकारीलाई नियन्त्रणमा लिइ कुटपीटसमेत गरेका छन् । सर्वसाधारणको कुटाईबाट सुमन निकै घाइते भएका छन। उनको मोडल अस्पतालमा उपचार भइरहेको छ।

अन्य तीन अपहरणकारी ज्ञान लामा, हरि विश्वकर्मा र चालक लालजंगलाई अनामनगर वृतमा राखिएको छ । सुमनले अपहरणमा सहयोगका लागि हरिलाई सर्लाहीबाट काठमाडौं वोलाएका थिए। कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

937
%d bloggers like this: