शनिबार र आइतवार हङकङमा चिसो बढ्ने

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ डिसेम्बर। आगामी शनिबार हङकङको तापक्रममा उल्लेख्य गिरावट आउने भएको छ। आइतवार शहरी क्षेत्रको तापक्रममा लगभग १२ डिग्री सेल्सियससम्म झर्नेछ भने न्यु टेरिटोरिजहरुमा अझ चिसो बढ्ने छ।

हङकङ अब्जरभेटरीले आगामी शनिबार (१६ तारिख) तापक्रममा उल्लेख्य गिरावट आउने अनुमान गरेको छ। आइतवार (१७ तारिख) बिहान चिसो हुनेछ, शहरी क्षेत्रमा तापक्रम लगभग १२ डिग्री सेल्सियस र न्यु टेरिटोरिजहरुमा केही डिग्री कम हुनेछ। अर्को सोमबार (१८ तारिख) बिहान अझै चिसो बढ्ने छ।

आउँदो जाडो मनसुनबाट प्रभावित ग्वाङ्डोङ अर्को हप्ताको प्रारम्भमा चिसो हुनेछ। जबकि सुख्खा मनसुनले दक्षिण चीनमा मध्य र अर्को हप्ताको अन्त्यमा सामान्यतया घमाइलो मौसम ल्याए पनि र त्यस क्षेत्रहरुमा क्रमिकरुपमा चिसो बढ्दै जाने छ।





Comments

comments

94517