Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनबाट ल्याएको पेट्रोलको मूल्य कति?

काठमाडौं, सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ।

यो पनि केरुङसम्मको मूल्य हो। यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आईओसी) संग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो।

निगमले आईओसीसँग पेट्रोल लिटरको ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ। भारतबाट खरिद गर्ने गरिएको युरो ३ मापदण्डको तुलनामा चीनबाट ल्याइएको युरो ४ मापदण्डको पेट्रोल गुणस्तरीय भने छ।

चीन सरकारले पेट्रोल चाइनामार्फत १३ लाख ५० हजार लिटर पेट्रोल दिएको थियो। उक्त पेट्रोलबापत ११ मिलियन आरएमबी (करिब १८ करोड रुपैयाँ) नेपालका लागि घोषित अनुदानबाट कट्टा गरिएको सूचना चिनियाँ दूतावासले सरकारलाई दिएको छ।

अर्थ सम्बद्ध स्रोतका अनुसार गत डिसेम्बरमा सम्झौता भएको आठ सय मिलियन आरएमबी अनुदानबाट उक्त रकम कट्टा गरिएको हो।अर्थका सचिव सुमनप्रसाद शर्माले चीन भ्रमणका क्रममा उक्त अनुदान सम्झौता गरेका थिए।

निगमले उक्त पेट्रोल साबिक दर (प्रतिलिटर एक सय चार रुपैयाँ) मै बिक्री गरेको थियो। महँगो युरो ४ मापदण्डको पेट्रोल साबिक दरमा बिक्री गर्नु नै गलत भएको अर्थका अधिकारीहरूले बताए। ‘चीनले अनुदानमा दिएको पेट्रोलका बारेमा कतिको बुझाइ गलत भयो,’ राजस्व सचिव राजन खनालले भने, ‘घोषित अनुदानमा कट्टा हुनेगरी पाएको पेट्रोललाई कोसेली पनि भनियो।’

निगमले आईओसीसंग किनेको मूल्यमा कर, भन्सार, बिमा, ढुवानी भाडा जोड्दा निगमको लागत करिब ३५ रुपैयाँ थपिन्छ। अन्नपूर्णपोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

9693