Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इथियोपियन एयरलायन्सले शुक्रबारदेखि इन्धन ल्याउने

अफ्रिकी जहाज कम्पनी इथियोपियन एयरलायन्सले शुक्रबारदेखि दैनिक ३ लाख लिटर हवाई इन्धन (एटीएफ) भारतबाट ल्याउने पक्कापक्की भएको छ।

इथियोपियाको सरकारी ध्वजावाहक विमानले नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डिपोलाई ईमेल पठाउँदै शुक्रबार बिहान पहिलो उडान गर्ने जानकारी दिएको हो। उक्त विमानलाई ग्लोबल टेन्डरबाट छानिएको पेट्रोलिम्याक्स नेपालले भाडामा लिई हवाई इन्धन ल्याउन लागेको खबर कान्तिपुर दैनिकमा छ। ‘सबै प्रक्रिया करिब करिब सकियो, शुक्रबार बिहान पहिलो एटीएफ डेलिभरी दिँदै छौं,’ पेट्रोलिम्याक्सका एक जना लगानीकर्ताले भने।

उनले इथियोपियन एयरलायन्ससँग भएको कार्गो ढुवानी सम्झौताअनुसार नयाँ विमान बोइङ ७७७ लाई इथियोपियाबाट भारतमा ल्याइने बताउँदै भने, ‘हामीले त्यो विमानबाट भारतको कोलकाता, लखनउ र आवश्यक परे बंगलादेशको ढाकाबाट पनि हवाई इन्धन ल्याउने छौं।’ उक्त विमानले एउटा उडानमा कम्तीमा पनि १ लाख लिटर हवाई इन्धन ल्याउने छ।





Comments

comments

Leave a Reply

9737