Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्ड र वैद्यबीच पार्टी एकताको सहमति

काठमाडौं, एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य दुवै पार्टीलाई विघटन गरी माओवादी पुनर्गठन गर्न सहमत भएका छन्।

प्रचण्ड र वैद्यबीच पटकपटक भएका छलफल मंसिरभित्रै पार्टी एकता गर्ने गरी सैद्धान्तिक सहमतिमा पुगेको हो। माओवादी आन्दोलन इायीकरण हुन नदिन माओवादी आन्दोलनका घटक दलहरु एक ठाउँमा उभिनुपर्ने दबाब कार्यकर्ताहरुबाट आएपछि नेताहरु पार्टी एकता गर्न सहमत भएका हुन्।

‘दुवै पार्टीभित्रत्र एकता गरेर अगाडि बढ्नुपर्ने जनमत जबरजस्त उठिरहेको छ। त्यसको प्रतिबिम्बन नेताहरुमा पर्नु स्वभाविक हो,’, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता रामदीप आचार्यले भने। एमाओवादी अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरा, माओवादी अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाबीच पार्टी एकताका लागि पटकपटक छलफल भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9741