Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीन जोड्ने सडकको जिम्मा सेनालाई

भारतीय नाकाबन्दीका कारण अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएपछि सरकारले सक्दो छिटो चीनसँगको नाका रसुवागढीसम्मको सडक विस्तार गर्न विद्यमान ऐननियम निलम्बन गरी सेनालाई जिम्मा दिने निर्णय गरेको छ।

सरकारले नेपाली सेनालाई डेढ वर्षभित्र वेत्रावतीदेखि रसुवागढीसम्मको ट्र्याक खोल्न जिम्मा दिन लागेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ। त्यसपछि कालोपत्रे गर्ने काम भने सडक विभागले गर्ने भएको छ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहित विभिन्न ६ मन्त्रालयका सचिव र विभागीय प्रमुख सम्मिलित बैठकले आगामी दुई वर्षभित्र धादिङको गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर सडक दुई लेनको कालोपत्रेमा स्तरोन्नति गर्ने निर्णय सोमबार गरेको हो।





Comments

comments

Leave a Reply

9848