Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बलात्कारीले जेलभित्र प्रेमिका बोलाएर यसरी गरे बिहे

बझाङ, जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।

माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ,’ दुलाहाका बुबा मोहनबहादुर रावलले भने,‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्यो भनेर बोलाइयो। हाम्रो संस्कारअनुसार विवाह गरिदियौं।’

साना दुई भाइ साथमा लिएर सदरमुकामा आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो। विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो।





Comments

comments

Leave a Reply

9860