Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दिल्लीमा कमल थापाले भने – ‘रोटीबेटीको सम्बन्ध भन्ने, आपूर्ति बन्द गर्ने’ ?

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन्। रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ।

बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए।

दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए। भाजपा नेता विजय जोली, सांसद डिपी त्रिपाठी, डी राजा, कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायतका नेताहरूले थापालाई संविधानबारे जिज्ञासा राखेका थिए। भाजपाका नेताले भने मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो समाधान खोज्न आग्रह गरेका थिए।

थापाले बुधबार विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। तर, समयबारे अबेरसम्म दूतावासले विस्तृतमा बताएको छैन।

नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो। तर, राजनीतिका कारण जनताले दु:ख पाउने स्वाभाविक हुदैन। राजनीतिक कारण देखाएर आपूर्ति रोकिदैन। त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस्। यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ। नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9865