Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कति वर्ष पुगे उदितनारायण झा ?

एजेन्सी, चर्चित पाश्र्व गायक उदितनारायण झा ६० पुगेर ६१ वर्षमा लागेका छन्। सन् १९५५ डिसेम्बर १ मा सप्तरी जिल्लाको भारदहमा जन्मिएका उदितनारायणले अहिलेसम्म विभिन्न ३४ भाषाका २५ हजारभन्दा बढी गीत गाएका छन्।

नेपाली तथा हिन्दी फिल्ममा समेत पाश्र्व गायकका रुपमा अहिले पनि उत्तिकै सफल र व्यस्त उदितनारायणले प्रकाश थापाको निर्देशनमा बनेको सिन्दूर फिल्मबाट पाश्र्व गायन सुरु गरेका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ।


१९७५ मा मिरा रानासंग गीत गाउंदै उदित

सन् १९७८ मा संगीत अध्ययनका लागि मुम्बई पसेका उनले दुई वर्षपछि फिल्मी गीत गाउने अवसर पाएका थिए। उनको पहिलो हिट गीत कयामत से कयामत तक फिल्मको पापा कहते है बडा नाम करेगा हो।





Comments

comments

Leave a Reply

9867