भूकम्पपीडितलाई दिने करोडौंको राहत सामग्री सशस्त्रको गोदाममै

भूकम्पपीडितलाई दिने भनिएका करोडौंका राहत सामग्री सशस्त्रको गोदाममै थन्किएका छन् । टहरामा बस्दै आएका जिल्लाका भूकम्पपीडित अहिले चिसोको मारमा परेका छन्।

भूकम्पपछि अन्तर्राष्ट्रिय संस्थाबाट संकलन गरिएको राहत सामग्री पीडितलाई वितरण नगरी खुमलटारस्थित सशस्त्र प्रहरीको दक्षिणकाली गणमा थुपारिएको छ।

नेपाल रेडक्रस सोसाइटीको पहलमा बेलायतस्थित एड संस्थाको आर्थिक सहयोगमा ल्याइएको राहत सामग्री गणमा थुपारिएको हो । विदेशबाट ल्याइएको ब्ल्यांकेट, सारी, धोती, ऊनी र रेडिमेड कपडा, प्लेट, भाँडाकुँडा, झोलालगायत सामग्री छन्।

यी सामग्री करिब ३ सय साना र ७ ठूला कार्टुनमा राखिएका छन् । ललितपुरको लेलेस्थित लप्से, भट्टेडाँडास्थित नयाँगाउँलगायत ठाउँमा चिसोका कारण टहरामा बस्दै आएका भूकम्पपीडितको कठयांग्रिएर मृत्यु हुन थालेको छ । तर, पनि राहत सामग्री वितरण नगरेको स्थानीयको गुनासो छ।

स्रोतका अनुसार एउटा कार्टुनमा आपतकालीन अवस्थामा एक परिवारलाई पुग्ने चामल, तेल, नुन, दाललगायत सामग्री पनि छन् । दक्षिणकाली गणका प्रहरी नायब उपरीक्षक रेशमप्रसाद लिम्बूले गणले राहत सामग्री राख्ने स्थान मात्र उपलब्ध गराएको बताए । ‘हामीले स्थान उपलब्ध गराई सुरक्षा मात्र दिएका हौं,’ उनले भने, ‘राहत सामग्री राखिएको ठाउँको चाबी हामीसँगै छैन।’ कान्तिपुर दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10735