Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालमा सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, त्यसपछि प्रहरी, वकिल र न्यायाधीश

शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ।

एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको नागरिक दैनिकमा खबर छ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ। अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ।

सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए। सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएका छन्।





Comments

comments

Leave a Reply

10738