प्रचण्डको भारत भ्रमणको आलोचना त्यसै भएको हैन, यस्ता छन् कारणहरु…

नयाँ दिल्लीमा यिनीहरुले भारतको ‘भात’ र ‘रक्सी’ खानेभन्दा अरु केही काम गरेनन्

प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा गएका बेला उनले साथमा पत्नी सीता दाहाल र छोरा प्रकाश दाहाललाई साथमा लिएर गएका थिए । हुन त उनको जम्बो टोलीमा १ सयभन्दा बढीको सहभागिता थियो ।

भ्रमणका बेला प्रकाश दाहाल र प्रचण्डका सहयोगी एवम् सल्लाहकारहरूले जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै अहिले ठूलो आलोचना हुन थालेको छ ।

भ्रमण टोलीमा गएर प्रचण्डकी पत्नी सीता, छोरा प्रकाश, चक्रपाणि खनाल ‘बलदेव’, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ललगायतको समूहले नयाँ दिल्लीमा भारतको ‘भात’ र ‘रक्सी’ खानेभन्दा अरु केही काम नगरेको आरोप लागेको छ ।

आफ्नै खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा नयाँदिल्ली पुगेका एक अनलाइनका पत्रकारका अनुसार प्रचण्डको सचिवालयका कर्मचारी र विशेष गरेर पत्नी र छोराका कारण ठूलो नेपाली टोलीको बेइज्जत भएको खबर यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ।

उनले भने–‘प्रचण्डका सहयोगी, छोरा प्रकाश, रमेश मल्ल, गोविन्द आचार्यहरू सेल्फी लिन मात्रै व्यस्त देखिन्थे । कार्यक्रमको मर्यादा नै थाहा हुँदैन थियो । परराष्ट्रका कर्मचारीले उनीहरूलाई गनेकै देखिएन । त्यही कारण सीताले भेटघाटका बेला कुटनीतिक मर्यादा नै भुलेर उप्परखुट्टी लगाएकी थिइन ।’

प्रकाशलाई दोस्रो बरीयताको स्वकीय सचिव बनाएका प्रचण्डलाई नयाँदिल्लीमा छोराले कुनै पनि सहयोग गरेनन् । अगाडि पछाडि गरेर सेल्फी लिने, भिडियो बनाएर फेसबुकमा हाल्न भन्दा प्रकाशले कुनै काम नगरेको सहभागीहरूको भनाइ छ ।

प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीलाई प्रेसलाई कसरी सम्बोधन गर्ने ? नेपालका मिडियालाई कसरी समाचार दिने भन्ने भेउ नपाउँदा यस्तो अवस्था आएको आरोप छ ।

राम्रोसँग काम नगरेकै कारण प्रधानमन्त्री दाहालविरुद्ध गतल समाचार काठमाडौंसम्म आइपुगेका थिए । ती समाचारका कारण प्रचण्डले ठूलो आलोचना भोग्नु परेको छ ।

अहिले आएर प्रचण्डविरुद्ध आएका समाचारको खण्डन गर्न प्रेस सल्लाहकार आचार्य र सचिवालय व्यस्त छ । प्रचण्डका सहयोगीहरू सबै सेल्फी र दिल्लीलाई दिल दिन व्यस्त भएका कारण धेरै कुरा छताछुल्ल भएको जनाइएको छ ।

कमजोर सचिवालय हुँदाको नमिठो भोगाइ प्रचण्डले पाउँदा पनि सुधारको कुनै तयारी भएको छैन । माओवादी केन्द्रका नेताहरू पनि प्रचण्डको सचिवालयसँग खासै खुसी छैनन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14352