इतिहासकै महँगो डिभोर्स

संसारकै धनाढ्य जेफ बेजोसले म्याक केन्जीसँगको २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेपछि संसारभर हलचल मच्चिएको छ।

अमाजोनडटकमका सिइओ तथा संस्थापक जेफले बुधबार ट्विटरमार्फत डिभोर्सको निर्णय लिन लागेको सार्वजनिक गरेका थिए । सन् १९९४ बाट अमाजन सुरु गरेका अमेरिकी नागरिक बेजोसको कुल सम्पत्ति १ सय ३७ बिलियन अमेरिकी डलर छ।

बेजोसपत्नीले लग्दै छिन् साढे ६९ अर्ब डलर

वासिङ्टन राज्यको साझा सम्पत्तिसम्बन्धी कानुनअनुसार डिभोर्सपछि बेजोस दम्पतीको सम्पत्ति दुई भाग लाग्नेछ । म्याकले ६९ दशमलव ५ बिलियन (६९ अर्ब ५ करोड) डलर पाउनेछिन्, जुन बेलायती महारानीसँग रहेको सम्पत्तिभन्दा सय गुनाले बढी हो। यससँगै उनी संसारका धनाढ्यहरूको सूचीमा चौथो स्थानमा पुग्नेछिन् । धनी महिलाको सूचीमा पहिलो स्थानमा आउनेछिन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमवर्गका अनुसार वर्ष २०१८ मा धनाढ्य महिलाको सूचीमा पहिलो स्थानमा रहेकी फ्रान्कोइस बिट्टिनकोर्ट मेयर्ससँग ४५ दशमलव ६ बिलियन सम्पत्ति छ । उनी कस्मेटिक आइटम उत्पादन गर्ने विश्वचर्चित कम्पनी ‘एल ओरिल’की मालिक हुन् । यस कम्पनीकी संस्थापक पाउल लुइस सेयुलेरकी नातिनी भएकाले वंशजका आधारमा कम्पनी उनको स्वामित्वमा आएको हो । सम्पत्ति भागबन्डाको असर बेजोसलाई भने महँगो पर्नेछ । उनी संसारका धनाढ्यहरूको सूचीमा पहिलो स्थानबाट झरेर चौथो स्थानमा खुम्चन सक्नेछन् । यद्यपि, उनीहरूको सम्पत्तिको भागवण्डा औपचारिक रुपमा भइसकेको छैन।

महँगो डिभोर्स
बेजोस दम्पतीको डिभोर्स संसारकै महँगो डिभोर्स हुनेछ । यसअघि अमेरिकी रियल स्टेट व्यापारी स्टिभ वाइनले आफ्नी पत्नी इलाइने वाइनसँग सन् २०१० मा डिभोर्स गर्दा १ बिलियन सम्पत्ति दिनुपरेको थियो । तेल व्यापारी हारोल्ड हमले सन् २०१५ मा डिभोर्स गर्दा ९ सय ७४ दशमलव ८ मिलियन डलरको चेक साइन गर्नुपरेको थियो। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26487