चितवन समाज युएईले नयाँ वर्ष २०१५ (साँस्कृतिक साँझ २०१५) मनाउने तयारीमा

मनोज अर्याल
दुबई ८ नोभेम्बर। देश होस् या परदेश सेवाको भावना नेपालीमा हुन्छ, अनाथ जेहेन्दार बिद्यार्थीको अक्षयकोषको निम्ति चितवन समाज युएईले नया वर्ष २०१५ (सास्कृतिक साझ २०१५) मनाउने भएको छ।

यूएईमा छरिएर रहेका चितवनबासीहरुलाई एकत्रित गरी एकै छानोमुनि गोलबन्द गर्दै समय समयमा कार्यक्रम मनाउदै आएको चितवन समाज युएईले यस पटक पनि निरन्तरता दिएको हो। बरदुबईको इम्पेरिअल सुइटमा डिसेम्बर २६, २०१४ का दिन “चितवन समाज युएई २०१५ को साथ अनाथ तथा जेहेन्दारलाई” भन्ने मुख्य नाराका साथ सास्कृतिक साँझ २०१५ कार्यक्रम गर्न लागेको मित्र पाण्डेले बताएका छन्।

०७ नोभेम्बर २०१४ का दिन मेट्रो पार्क (राइनो चौर) मा बसेको चितवन समाजको बैठक अनुसार नेपालबाट चर्चित कलाकार पप गायक “कमल खत्री”, नेपाल को पहिलो बेल्ली डान्सर “प्रमिला खनालका” र लोक गायक “रमेश राना मगर” साथमा युएईको कलाकारहरुबाट कार्यक्रम गर्ने जानकारी गणेश न्यौपानेले दिनुभएको छ।

कार्यक्रममा नेपाली संघसंस्थाहरुको पनि सकृय संलग्नता रहने आयोजकले बताएका छन्| आयोजकद्वारा यसै खबर माध्यमबाट यूएईमा रहनु भएका सम्पूर्ण समाजसेवी र नेपालीहरुलाई पनि निमन्त्रणा गरेको छ।





Comments

comments

2730