मलाइका १२ वर्ष कान्छा प्रेमीसँग बिहे गर्दै?

मुम्बई: बलिउड अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा छिन्।

कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो ।

केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको छ । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् ।

कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित हुन् ।

उता अरवाज पनि रोमानियाकी सुन्दरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् । उनीहरूले पनि चाँडै विवाह गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । मलाइका अर्जुनसँगै खुलेरै देखिएपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको बताइन्छ । तर, उनीहरूको जोडी नमिलेको भन्दै धेरैले खिल्लीसमेत उडाएका थिए । एजेन्सीको सहयोगमा यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28204