प्रधानमन्त्री ओलीले दिएको प्रमाणपत्र नक्कली

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो । नागरिक दैनिकले समाचार छापेको छ।

प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ ।

तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचीमा पनि छैन ।





Comments

comments

28254