तारा एयरको विमान दुर्घटना

काठमाडौं, ९ बैशाख। रामेछापको मन्थली विमानस्थलमा सोमबार तारा एयरको विमान दुर्घटना भएको छ।

सोलुबाट मन्थली पुगेको ९ एम के के कल साइनको विमान बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो।

विमानमा तीन चालक दलका सदस्यसहित १४ विदेशी यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ। विमानलाई क्याप्टेन पीजे शाहले उडाएका थिए।

विमान खराब मौसका कारण लुक्लामा अवतरण गर्न नसकेर रामेछाप डाइभर्ट भएको थियो। विमान धावनमार्गको छेउमा रहेकाले उडान र अवतरणसमेत ठप्प भएको छ। विमान हटाउने प्रयाश भईरहेको छ।

हिजो अपराह्न ठूलो वर्षा कारण मन्थली विमानस्थल भिजे पनि बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए।





Comments

comments

Trending Now : कारागारमा चरम बेथितिः होटलका कोठामा युवतीसँग कैदी