Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउंदा… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउंदा…

बुटवलः बुटवलस्थित जितगढी किल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई प्रहरीले मुद्दा चलाएको छ।

दुई सय वर्षअगाडि तत्कालीन अंग्रेजलाई पराजित गरेको अवसरमा शनिबार मनाएको जितगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीलाई घिमिरेले कालो झण्डा देखाएका थिए।

शनिबार पक्राउ परेका घिमिरेलाई आइतबार म्याद थप गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी डिलबहादुर मल्लले बताए । अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अभद्र व्यवहारमा लागेको मुद्दामा कानुनले तोके बमोजिमको सजाय हुने बताए । प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा घिमिरेले कालो झण्डा देखाएका थिए । नेपाली सेनासहित पाँच तहका सुरक्षाकर्मीका बीच घिमिरेले कालो झण्डा देखाएका थिए।

मेरो देश प्रणभन्दा प्यारो छ, उजिरसिंह जिन्दावाद भन्दै घिमिरेले कालो झण्डा देखाएका थिए । प्रधानमन्त्रीले कालो झण्डा देखेपछि सम्बोधनकै क्रममा कसैले केही भनेर पठाएको होला विचरा भनेका थिए। नयाँपत्रिकामा खबर छ।





Comments

comments

28519