अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पहिलो स्मारिका बिमोचन हुदै


नातिबाबु भट्ट

कोलोराडो, अमेरीका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतिबिधि समेटिएको पहिलो स्मारिका बिमोचनको साथै बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीलाई सम्मान गरिने भएको छ।

पत्रकार तथा साहित्यकार हरि अधिकारी

श्रष्टा सम्मान तथा नियमित कवि गोष्ठी कार्यक्रम अन्तर्रगत मे ४ तारिखका दिन कोलोराडोको नर्थग्लेनस्थित क्रसरोड चर्जमा बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीलाई सम्मान तथा उनको बाहुलीबाट स्मारिका बिमोचनगर्न लागिएको हो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको बिगत दुई बर्षको कार्यकालमा डेड दर्जन भन्दा बढि कवि गोष्ठी र दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान तथा अभिनन्दित भएका छन् । यि सबै कार्यक्रमका झलकहरु समेटिएर तयार पारिएको संस्थाको पहिलो स्मारिका बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीको प्रमुख आतिथ्यतामा बिमोचन गर्न लागिएको आयोजक संस्थाका महासचिव श्याम श्रेष्ठले बताए।

स्मारिका बिमोचन तथा श्रष्टा सम्मान समारोहमा अधिकारीको प्रवचन, कविता, वाचन, स्मारिका बितरण कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलले बताए। यस विशेष अवसरमा आफ्ना लेख, रचना, लिएर सुन्न र सुनाउन उपस्थितिको लागि सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयत्रि, गायक, कलाकार, व्यवसायी, बालबालिका तथा सर्वसाधरणलाई ढुंगेलले अनुरोध गरेका छन्।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ।





Comments

comments

28522