Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पौडीमा गौरिकालाई दुई स्वर्ण र दुई कीर्तिमान – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पौडीमा गौरिकालाई दुई स्वर्ण र दुई कीर्तिमान

नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले एकै दिन दुई कीर्तिमानसहित दुईवटा स्वर्ण पदक जितेकी छन्।

उनले महिला ५० मिटर ब्याकस्ट्रोक र महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीको निर्माण सम्पन्न नभएका कारण सुर्खेत रोडस्थित होटेल सिग्नेट इन् कृष्णामा आइतबार आयोजना गरिएको पौडी प्रतियोगितामा गौरिकाले महिला ५० मिटर ब्याकस्ट्रोकको आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन्।

उनले आइतबार निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गरिन्। यसअघि सन् २०१८ मा काठमाडौंमा आयोजना गरिएको २२औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा उनले निर्धारित दूरी ३१.२२ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन्। यो समाचार अन्नपूर्णपोष्टमा शंकरप्रसाद खनालले लेखेका छन्।





Comments

comments

28516