कोलोराडोमा गायक मुरली धर सम्मानित

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतिविधि सगटिएको स्मारिका बिमोचनसंगै श्रष्टाद्वय हरि अधिकारी र मुरली धरलाई सम्मान गरिएको छ।

बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीको प्रमुख आतिथ्य र गीतकार, संगीतकार तथा चलचित्रकर्मी मुरली धरको विशेष उपस्थितिमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान र कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, कबि कवयित्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको दुईबर्षे कार्यकालमा दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान र डेड दर्जन भन्दा बढी कवि गोष्ठी कार्यक्रम सम्पन्न भएका थिए। संस्थाको सोही गतिबिधि समेटिएको स्मारिका कार्यक्रमका प्रमुख अथिति अधिकारी, विशिष्ट अतिथि मुरली धर, साहित्यकार ज्ञानेन्द्र गदाल, संस्थाका अध्यक्ष कृष्णमुरारी ढुंगेल र महासचिव श्याम श्रेष्ठले संयूक्तरुपमा बिमोचन गरेका हुन्।

त्यसैगरी सोही कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संगीतको बिकासमा अमुल्य योगदान दिई नेपाल र नेपालीलाई विश्वसामु चिनाउन उल्लेख्य योगदान गरेका श्रष्टाद्वय बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारी र गीतकार, संगीतकार तथा चलचित्रकर्मी मुरली धरलाई फूलको माला, खादा लगाईदिई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो।

कार्यक्रमलाई संम्बोधन गर्दै पत्रकार हरि अधिकारीले भाषा र साहित्यको माध्यमबाट मातृभूमि र कर्मभूमिलाई एक आपसमा नजिक तुल्याउन विश्वभर संजाल फैलाएर निरन्तर अगाडी बढिरहेको संस्थाबाट सम्मानित हुन पाउंदा ज्यादै खुसि लागेको भन्दै सम्पूर्ण कोलोराडोबासीलाई धन्यावाद दिए।

त्यस्तै गीतकार, संगीतकार तथा चलचित्रकर्मी मुरली धरले जननी जन्मभूमिप्रति ओतप्रोत भएको कविता सुनाउदै सबैप्रति आभार ब्यक्त गरेका थिए। कार्यक्रममा चर्चित आर्टिष्ट अजित साहको पनि उपस्थिति रहेको थियो । सोही समारोहमा रकी माउन्टेण्ड फ्रेण्डस् नेपालका तर्फबाट संस्थाका पूर्व अध्यक्ष शरद आचार्य, नवनिर्वाचित उपाध्यक्ष मणी बस्नेत र महासचिव बिनय दाहालले मुरली धरलाई खादा लगाई सम्मान गरेका थिए।

कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै एक दर्जनभन्दा बढी कवि, कवयित्री, गायक तथा कलाकारहरुले आ–आो्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयित्रीहरुले गद्य, पध्य, ऋंगारिक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए।

माता तिर्थ औसीका दिन धेरैजसो कवि कवयित्रीको सृजना जननी र जन्मभूमिप्रति लक्षीत रहेको थियो । यसरी सृजना प्रस्तुत गर्नेहरुमा हरि अधिकारी, मुरली धर, ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, यसोदा भट्ट, मीना पौडेल, समीर आचार्य, कुमारजंग कार्की, बिनय दाहाल, रामगोपाल श्रेष्ठ, मणी बस्नेत, रामप्रसाद मरासैनी र शशी अधिकारी लगायतका रहेका थिए।

च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव सदस्य श्याम श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने संस्थाका सल्लाहकार कुमारजंग कार्कीले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष कृष्णमुरारी ढुंगेलले उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाको यसअधि स्थगित निर्वाचन सम्पन्न गर्न साहित्यकार ज्ञानेन्द्र गदालको संयोजनमा कुमारजंग कार्की र सुर्दशन अधिकारी सदस्य रहेको तिन सदस्सिय निर्वाचन समिति गठन गरेको जनाकारी गराए। उनले यसभन्दा राम्रो तरिकाबाट संस्था संचालनगर्न सक्छौं भनेर अगाडि आउनेलाई जुनसुकै बेला संस्था हस्तान्तरण गर्न तयार रहेको भन्दै आगामी भानु जयन्तीमा नयाँ पदाधिकारीलाई बिधीबत संस्था हस्तान्तरण गरिने जनाए । संस्थाद्धारा यसअघि गठीत निर्वाचन समितिका संयोजकले निर्वाचन अघिनै राजीनामा दिएको कारण संस्थाको निर्वाचन स्थगित हुन गएको थियो।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28911