बीर विक्रम- २ को प्रिमियरको लागि पल सिंगापुरमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

सिंगापुरः मिलन चाम्सद्वारा निर्देशित तथा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङद्वारा अभिनित सुपरहिट चलचित्र बीर विक्रम-२ को जुन २२ र २३ तारिखमा सिंगापुरमा हुने प्रिमियर सोको लागि नायक पल शाह सिंगापुर आइपुगेका छन्।

सिंगापुरको चांगी एयरपोर्टमा नायक पल शाहलाई भब्य स्वागत गरिएको थियो।

सिंगापुरको गोल्डेन माइल टावर बीचरोडस्थित रेक्स सिनेमामा शनिबार र आइतबार गरी दुइ दिन बीर विक्रम -२ देखाइने र दुवै शोमा मुख्य आकर्षणको रुपमा नायक पल शाह रहने आयोजक नेपाली सिनेमा ग्रुप सिंगापुरका प्रिन्स लिम्बुले बताए।

भब्य रेड कार्पेटसहित दुवै दिन भब्य कार्यक्रमसहित बीर विक्रम -२ देखाईनेछ। सिंगापुरमा रहेका नेपालीहरुको छुट्टि मिलाएर गरिएको दुवै दिनको शोमा उल्लेखीय दर्शक सहभागिता रहने आयोजकले जनाएको छ।





Comments

comments

30043