अमेरिकाका १७ सुन्दर नेपाली युवतीहरु!

१७ सुन्दरीहरु

विजय थापा-

डिसी । आगामी अगस्त १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का अन्तिम प्रतियोगीहरुको छनौट सम्पन्न भएको छ।

अन्तिम फाइनलिस्टमा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी भएका मध्ये १७ जना निर्णायक चरणमा पुगेका हुन्।

अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरुमा मिनेसोटाकी आश्मा थापा मगर, भ्यानकुभर क्यानडाकी आस्था पाण्डे, मिनेसोटाकी एन्जिला अधिकारी, ओहायोकी बिष्णु मिश्रा, भर्जिनियाकी गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी, न्यूयोर्ककी मनिषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राजश्री आचार्य, न्यू योर्ककी रेबिका श्रेष्ठ, क्यालिफोर्नियाकी रिश्ता शाह, ईडाहोकी सबिना पौडेल, कोलोराडोकी सेलिषा नेपाल, मेरिल्याण्डकी शिक्षा घिमिरे, न्यूयोर्ककी सोनी खनाल, पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल रहेका छन्।

गत बर्ष मिस नेपाल नर्थ अमेरिकाको उपाधि मोनिका घले जितेकी थिइन्। फस्ट रनरअप सुजाता लामा तथा सेकेन्ड रनरअप सृजना राई भएका थिए।

विशेष उपस्थिति

यस पटक मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि कूल ३३ जनाले निवेदन दिएका थिए भने त्यसमध्ये उत्कृष्ट १७ जनालाई छनौट गरेको आयोजकका प्रमुख शैलेन्द्र श्रेष्ठले जनाएका छन्।

दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ नामक कार्यक्रमको लागि मिस नेपाल वर्ल्ड २०१८ की शृंखला खतिवडा आधिकारिक मेन्टर (परामर्शदाता)को रुपमा सहभागिता हुने छिन्।

यस पटक पनि मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठले आधिकारिक कोरियोग्राफरको भूमिका निर्वाह गर्ने छिन्। अतिथि कलाकारहरुमा क्रमशः एड्रीएन प्रधान, सिने गुरुङ, बिक्की गुरुङ, आदित्य लामा, राहुल राई तथा जय गुरुङको प्रस्तुति रहने छ।

उद्घोषण सुमित सिग्देलले गर्ने छन् भने डिस्क जोकीहरुमा रोकेश गुरुङ तथा जङ्गबु शेर्पा रहने छन्। आगामी अगस्त महिनाको १७ तारिखका दिन गत बर्ष झैं मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ।

गत बर्ष प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले कोरियोग्राफ गरेकी थिइन् भने २०१७ मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन्।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ । ९ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलीमा संस्थापकहरुको संलग्नता रहेको छ।

आयोजक समूहमा शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सहसंस्थापक सभापति रहेका छन्।





Comments

comments

30581