निगमको घाटा ५ अर्ब २१ करोड नाघ्ने

फाइल फोटो

सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानी)ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बोरोरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष २०७३/०७४ मा भने निममले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले २०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड रुपैयाँ नाघ्ने जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31215