हङकङ समाचारः चर्को घाम सहेर सडकमा सयौं वकिलहरूको मौन जुलुस

फोटो सौजन्यः @richardjpyne

पशन तमू – न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, सेन्ट्रल –

७ अगष्ट। हङकङका लोकतान्त्रिक पक्षधरका वकिलहरुले बुधवार सेन्ट्रलमा चर्को घामको वास्ता नगरी  मौन जुलुस निकालेका छन्।

बेलायतले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेपछि कानूनी पेशाका सदस्यहरूद्वारा आयोजना गरिएको यो छैटौं मौन जुलुस हो।

कोर्ट अफ फाईनल अपिल सेन्ट्रलबाट शुरु भएको जुलुसमा नाम चलेका नेताहरूसमेत सामेल थिए। जस्टिस प्लेस सेन्ट्रलमा पुगेर टुङ्गिएको मौन जुलुसका धेरै जसो सहभागीहरू कालो पोशाकमा थिए।

मौन जुलुसमा सहभागी हुदै उनीहरुले हङकङमा जारी आन्दोलनलाई समर्थन जनाएका छन्।

उनीहरुले सुपुर्दगी कानुन र राजनीतिक हस्तक्षेपको बिरूद्ध स्वतन्त्र छानबिनको माग गर्दै चर्को घाममा केही बेर नाराबाजी गरेपछि आफ्ना मन्तव्य राखेका थिए।

आयोजकहरूले कानुनी पेशाका ३ हजारभन्दा बढी सदस्यहरूले मौन जुलुसमा भाग लिएको बताएका छन्।

प्रस्तावित सुपुर्दगी कानुनको विरोधबाट शुरु भएको आन्दोलनमा यसअघि विद्यार्थी, स्वास्थ्यकर्मी र निजामति कर्मचारीहरु जोडि सकेका छन्।

थप न्युज अपडेटमा..

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31251