हङकङ आन्दोलनः प्रदर्शन हिंसात्मक बन्दै, प्रहरीले पहिलो चोटी प्रहार गर्यो गोली…

प्रहरीले गोली प्रहार गर्नुअघि। फोटोः @XHNews

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ अगष्ट। हङकङमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले आइतवार चुन वानमा भएको प्रदर्शनमा पहिलो चोटी गोली प्रहार गरेको छ।

फोटोः @CBSNews

प्रहरीले आफ्नो आत्मरक्षाको लागि चेतावनी दिन गोली प्रहार गरेको पुष्टि गरेको छ। प्रहारीको एक जत्थामाथि प्रदर्शनकारीले फलाम तथा स्टिलका रड, लाठीलगायतले लगात्तर आक्रमण गर्न थालेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्नु परेको जनाएको छ।

प्रदर्शनकारीले प्रहरी भ्यानमा तोडफोड गर्दै प्रहरीलाई आक्रमण गर्दै लखेटेका थिए। हेर्नुहोस् भिडियोः

यसअघि, प्रहरीले भिड तितरवितर पार्न अश्रु ग्यास, पेपर स्प्रे, ब्याटन र रबर बुलेटमात्र प्रयोग गर्दै आएको थियो।

प्रहरीले आइतवार नै सोही प्रदर्शनमा पहिलो चोटी दुई वटा पानीको ट्यांक (वाटर केनोन) प्रयोग गरी पानीको फोहोरा प्रहार गरेको छ।

पहिलो चोटी प्रयोग भयो वाटर केनोन ट्यांक। फोटोः @AJENews

हङकङमा प्रस्तावित सुपुर्दगी कानुनको विरोधमा गत जुन ९ तारिखदेखि प्रदर्शनहरु भइरहेका छन्। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सुपुर्दगी कानुन मृत भएको घोषणा गरेकी भए पनि त्यसको पूर्ण खारेजीको माग गर्दै हङकङका विभिन्न ठाउंहरुमा ठूला ठूला प्रदर्शनहरु भइरहेका छन्।

सुपुर्दगी कानुनको पूर्ण खारेजीको माग गर्दै शुरु भएको यो आन्दोलन अहिले हङकङमा बृहत प्रजातान्त्रिक सुधार र स्वतन्त्र कम हुंदै गएको प्रति लक्षित हुदै गएको छ।

सन् १९९७ अघि बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31573