जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

फाइल फोटो

सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ।

-

यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ।

गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो।

रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको थियो। यो समाचार कारोबार दैनिकमा छ।





Comments

comments

32530